Logo

आइतवार, कार्तिक २ गते २०८३

images

मन्त्री अर्यालद्वारा वालिङ-हुवास सडक कालोपत्रेको शिल्सान्यास

मन्त्री अर्यालद्वारा वालिङ-हुवास सडक कालोपत्रेको शिल्सान्यास

  • PNN Times
  • आइतवार, फाल्गुण ९ २०७७


  • मन्त्री अर्यालद्वारा  वालिङ-हुवास सडक कालोपत्रेको शिल्सान्यास

    मन्त्री अर्यालद्धारा स्याङ्जामा एकैदिन दुई सहायक सडक कालोपत्रे शुभारम्भ

    वालिङ ९ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले आईतबार स्याङ्जामा दुई सहायक सडकको कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड र गल्याङ, पेलाकोट, पिडिखोला, सेतिबेणि सडकको कालोपत्रे गर्ने कार्य शुभारम्भ गर्नुभएको हो ।

    जिल्लामा सिद्धार्थ राजमार्गसंग जोडिएको सहायक भित्रि सडकहरुको पिच गर्ने अभियान अन्र्तगत यहाँका आधा दर्जन सडक पिच भईसकेको मन्त्री अर्यालले बताउनुभयो ।152895836_578165950228595_3974083769741878741_n (1).jpg

    images


    कालोपत्रे शुभारम्भ गर्नुहुँदै विगत ३० वर्षमा हुँन नसकेको काम वर्तमान सरकारले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले ऐतिहासिक काम गरेको छ । विगत ३० वर्षमा नभएका काम यो सरकारले ३ वर्षमा गरेको छ । ईतिहासमा नभएका कामहरु अहिले भएका छन् ।’

    विकासमा मुलुकले फड्को मारेको भन्दै उहाँले यो विश्लेषण अन्र्तराष्ट्रिय मापदण्डले गरेको उहाँले बताउनुभयो ।

    ‘ लिम्पियाधुरा लिपुलेक सहितको नक्सा जारी गर्नेदेखि सुरुङमार्ग, रेल, पानी जहाज, सडक चौडा, सगरमाथाको उचाई नाप्ने, युवाहरुलाई कृषिमा आर्कषित गर्नेदेखि युवाहरुलाई सर्टिफिकेट धितो राखेर ऋण दिने काम सरकारले गरेको छ ।’ उहाँले भन्नुभयो ।

    नेपालले विभिन्न खुड्किलाहरु पार गरेको अन्तराष्ट्रिय तथ्यांकले देखाएको भन्दै मन्त्री अर्यालले उच्चस्तरीय आर्थिक वृद्धि सरकारको अवको लक्ष्य भएको बताउनुभयो । 

    आइतवार, फाल्गुण ९ २०७७०५:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend