फागुन ९, पैयूँ । पर्वतको पैयूँ गाउँपालीका वडा न. ६ सरौखोलामा वडा कार्यालयको भवन निर्माणको लागि समाजसेवी निलकण्ठ तिवारीले निःशुल्क जग्गा प्रदान गर्नु भएको छ । तिवारीले सरौफांट सोताको १ रोपनि जमिन निशुल्क प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
उहाँले जग्गा निःशुल्क दिए पछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उहाँले निशुल्क जग्गा दिने घोषणा गर्नु भएको हो । हाल वडा कार्यालय निकै जिर्ण अवस्थामा छ । सोही वडा कार्यलय बनाउन तिवारीले निःशुल्क जग्गा प्रदान गर्नु भएको हो।

२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल समेत बस्नु भएका तिवारी २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनका लागी भुमिगत हुनुभएको थियो । तिवारी हाल सामाजिक अभियानहरुमा बढि क्रियाशिल हुनुहुन्छ । उहाँ दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत हो ।
जग्गा घोषणा सम्बन्धमा मागिएको एक प्रतिक्रियामा तिवारीले भन्नु भयो ‘संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाइ भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भनेर घोषणा गरेको हुँ । तिवारीले पर्वतको विकासको लागि काठमाणडौबाट कामहरु गर्दै आउनु भएको छ । उहाँ एक्यबद्दता पत्रीकाको अध्यक्ष समेत हुनुहुन्छ ।