Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समाजसेवी भुसालद्वारा सुरक्षित बस्ती निर्माणको लागि आर्थिक सहयोग

समाजसेवी भुसालद्वारा सुरक्षित बस्ती निर्माणको लागि आर्थिक सहयोग

  • PNN Times
  • आइतवार, फाल्गुण १६ २०७७


  • समाजसेवी  भुसालद्वारा सुरक्षित बस्ती निर्माणको लागि  आर्थिक सहयोग

    फागुन १६, पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी  राज भुसालल् आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।  भुसालले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिकसहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई प्रन्ध सय  (१५००/-) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।

    images

    271C7C94-3707-4A7D-B39C-27DCA7A9B907.jpeg

    पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।

    पैयूँ गापा वडा नम्बर ३ घर भएका भुसाल  बाबा प्रभाखर भुसाल र आमा गोमता भुसालका कान्छा छोरा र दाजु स्वर्गिय कुश्माखर रतिलक भुसाल का भाई हुनुहुन्छ  । उहाँले आफ्नो ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानवजीवन रक्षार्थ सुरु गरिएको अभियानलाई दाजुको सम्झाना स्वरुप आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यानगुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ।  

    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation

    Bank Name : Garima Bikas Bank Waling Branch

    AC No : 00100100855183000001

    आइतवार, फाल्गुण १६ २०७७०५:३९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend