Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एकिकृत नमुना बस्ती निर्माणको लागि भुर्तेलको एक लाख सहयोग

एकिकृत नमुना बस्ती निर्माणको लागि भुर्तेलको एक लाख सहयोग

  • PNN Times
  • बुधवार, श्रावण २८ २०७७


  • एकिकृत नमुना बस्ती निर्माणको लागि भुर्तेलको एक लाख सहयोग

    पैयुँ, पर्वत । नमुना एकिकृत वस्ति निर्माणको लागि अस्ट्रेलियाबाट धुव्र भुर्तेलले एक लाख सहयोग गरेका छन । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सुरु गरिएको अभियानलाई वडा नम्बर ५ चिसापानी निवासी भुर्तेलले आफ्नो परिवार सहित एक लाख रुपैयाँ सहयोग गरेका हुन ।

    वर्षौ देखि पहिरोको जोखिममा रहेको बस्ती छिटै नै स्थानान्तर गरी उनिहरुलाई सुरक्षित ठाउँमा राख्न निर्भीक नारायण भुर्तेल सहितका युवाहरुले एकिकृत नमुना वस्ति निर्माण अभियान सुरु गरेका छन । भीर माथि रहेको उक्त वस्तिमा पहिरोको अत्यन्तै जोखिम रहेको छ । एक घर पहिरोले पुरि सकेको छ । वस्तिमा रहेका घरहरुका आगन या पिडीबाट खसियो भने बाच्ने कुनै आशा छैन ।

    images

    बालक देखि बृद्ध सम्मका जो कोही पनि यहाँ खस्ने गर्दछन । कहिले काही त बच्चाहरु खसेर भिरमै पुगेको अवस्था पनि छ । यहाँबाट खसेर केहीको मृत्यु भएको छ । साउन २१ गते राति करिब साढे एक बजेतिर पहिरो जादा २८ वर्षीय ख्याम दर्जिको घर पहिरोले पुरेको छ । राति सुतिरहेको बेला पहिरो जादा घर माथि पहिले नै गएको पहिरोको कारण घरको गाह्रो भत्किेर क्षति गरेको छ ।

    उनिहरु सुतिरहेको बेला पहिरो गए पनि अचानक थाहा पाउदा ज्यान जोगाउन भने सफल भएका छन । यहि बस्ती स्थानान्तरण गरी एकिकृत नमुना बस्ती निर्माण गर्न सुरु गरीएको अभियानलाई अस्ट्रेलियमा रहेका भुर्तेलले एक लाख सहयोग गरेका हुन ।

    बुधवार, श्रावण २८ २०७७०८:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend