Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विश्व बैंकको पुतलीबजार नगरपालिकालाई ५६ करोड अनुदान

विश्व बैंकको पुतलीबजार नगरपालिकालाई ५६ करोड अनुदान

  • PNN Times
  • शुक्रवार, फाल्गुण २१ २०७७


  • विश्व बैंकको पुतलीबजार नगरपालिकालाई ५६ करोड अनुदान

    विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग मध्ये पुतलीबजार नगरपालिकालाई ५६ करोड १२ लाख अनुदान प्राप्त भएको छ । नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रमका लागि पालीकालाई अनुदान प्रदान गरेको हो ।

    विश्व बैंकले प्रदान गरेको ऋण सहयोग नेपाल सरकार मार्फत पुतलीबजार नगरपालिकालाई अनुदान प्राप्त भएको पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले जानकारी दिईन् । नगरप्रमुख क्षेत्रीले अनुदानबाट पूर्वाधार विकास अन्तरगत बाटो, नाला, विभिन्न सडकका स्तरोन्नती, वसपार्क, कृषि र हाटबजार लगायतका क्षेत्रमा काम हुने बताईन् । 

    images

    अनुदान प्रदानका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्री विच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारबाट प्राप्त सहयोग तथा अनुदान सन् २०२१ देखि २०२५ सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

    शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार १७ वटा पालिका सग सम्झौता गरेको छ भने ३० वटा पालिका सग सम्झौता गर्ने कार्यक्रम रहेको छ । सफ्टवेयर ओरेन्टेड कार्यक्रम भएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । 

    शुक्रवार, फाल्गुण २१ २०७७११:०४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend