Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्यालयमा शैक्षिक गतिविधि संचालन नगर्न पैयुँ गाउँपालिकाको आग्रह

विद्यालयमा शैक्षिक गतिविधि संचालन नगर्न पैयुँ गाउँपालिकाको आग्रह

  • PNN Times
  • बिहिवार, श्रावण २९ २०७७


  • पैयुँ, पर्वत ।  पर्वतको पैयुँ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका कुनै विद्यालयहरुमा शैक्षिक गतिविधि संचालन  नगर्न आग्रह गरेको छ । दैनिक कोरोना भाइरस संक्रमण बढिरहेको  भन्दै गाउँपालिकाले सुचना जारी गरी सामुदायिक तथा संस्थागत दुबै  विद्यालयहरुमा शैक्षिक गतिविधि संचालन  नगर्न आग्रह गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्वत र गाउँ शिक्षा समितिको  साउन २९ गते बसेको बैठकले कुनै पनि विद्यालय संचान नर्गने निर्णय गरे  अनुसार विद्यालयमा विद्यार्थी भेला गरी, समुह निर्माण गरी पठन पाठन नगर्न गाउँपालिकाले सबै विद्यालयहरुलाई सुचना मार्फत जानकारी गराएको छ । 

    images

    साथै कुनै विद्यालयले अटेरि गरी संचालन गरेमा संक्रमण रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने पालिकाले सुचनामा उल्लेख गरेको छ । 

    कोरोना भाइरस संक्रमणको कारण देशमा लकडाउन भएपछि लामो समयसम्म बन्द भएका शैक्षिक संस्थाहरुले लकडाउन खुकुल्लो हुनासाथ विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउदै आएका थिए । 
    p post.jpg

    बिहिवार, श्रावण २९ २०७७०६:१५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend