Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा लोक दोहोरीगीत प्रतियोगिता

वालिङमा लोक दोहोरीगीत प्रतियोगिता

  • PNN Times
  • आइतवार, फाल्गुण २३ २०७७


  • वालिङमा  लोक दोहोरीगीत प्रतियोगिता

    फागुन २३, स्याङ्जा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले प्रतियोगितात्मक दोहोरीगीत कार्यक्रम गर्ने भएको छ । लोक दोहोरीगीत स्थापना दिवस फागुन २९ का अवसरमा प्रतिष्ठान गण्डकीले यहि फागुन २८ र २९ गते प्रदेश स्तरीय लोक दोहोरीगीत प्रतियोगिता २०७७ को आयोजना गर्ने भएको हो ।


    प्रतियोगिताका लागि गण्डकी प्रदेशका नौ वटै जिल्लाबाट छनौट गरी सहभागी गराइने प्रतिष्ठान गण्डकीले जनाएको छ । शनिबारसम्म आठ वटा जिल्लामा छनौट प्रक्रिया सम्पन्न भैसकेको छ भने आइतबार स्याङ्जामा प्रतियोगितात्मक कार्यक्रम गरी छनौट गरिएको छ ।

    images

    स्याङ्जाको वालिङमा आइतबार आयोजित प्रतियोगिताबाट प्रकाश पराजुलीको समूह प्रथम भई प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट भएको छ । जिल्लाका चार समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

    छनौट भएका समूहलाई पुरस्कार प्रदान गर्दै उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य सँघका अध्यक्ष शोभाकान्त पौडेलले नेपाली लोक संस्कृतिको संरक्षण सम्वद्र्दनमा लोक तथा दोहोरीगीत प्रतिष्ठानले संस्थागतरुपमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अध्यक्ष पौडेलले लोक संगीतका क्षेत्रमा स्याङ्जेली कलाकारहरुले वर्चस्व कायम राखेका छन् र यो सुखद पक्ष हो , यसलाई निरन्तरता दिन अग्रजहरुको साथ लिएर नयाँ पुस्ता लाग्नुपर्ने बताउनुभयो ।

    गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः १ लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ३३ हजार ३ सय ३३ र ११ हजार १ सय ११ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, निवर्तमान केन्द्रीय सदस्य घनश्याम रिजाल, स्याङ्जाका संस्थापक अध्यक्ष गोपाल जिटी, सल्लाहकार पदमराज गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष ऋषिराम डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नेत्र खड्काको स्वागत र उपाध्यक्ष जगत गौंडेलले सञ्चालन गर्नुभएको थियो । 

    आइतवार, फाल्गुण २३ २०७७०८:०३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend