Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तनहुँमा श्रीमानलाई बोकेर दौड प्रतियोगिता

तनहुँमा श्रीमानलाई बोकेर दौड प्रतियोगिता

  • PNN Times
  • सोमवार, फाल्गुण २४ २०७७


  • तनहुँमा  श्रीमानलाई बोकेर दौड प्रतियोगिता

    २४ फागुन, काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ ।

    श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । 

    images

    प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

    सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले अनलाइनखबरलाई जानकारी दिइन् । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । 

    अनलाईन खबरबाट 

    सोमवार, फाल्गुण २४ २०७७०४:५०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend