फागुन २४, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले महिलाहरुले आरक्षण नभई समानता खोजेको बताउनु भएको छ ।
वालिङ नगरपालिकाले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरेको महिला अधिकार सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले समानताले महिला थप सशक्त र क्रियाशिल हुने बताउनु भयो ।
समानता कायम नहुदा सम्मको लागि महिलालाई आरक्षण दिइएको हो तिवारीले भन्नु भयो त्यसैले महिलालाई अब आरक्षण भन्दा समानता चाहिएको छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगाएकाको उपस्थित रहेको थियो ।
सोही कार्यक्रममा लियो क्लब अफ वालिङ सिटिले १११ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । क्लबले कोभिढ १९ नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर सेवा गरेको भन्दै स्वास्थ्यकर्मी लक्ष्मि थापालाई सम्मान गरेको हो ।
साथै स्याङ्जाका ११ वडा स्थानिय तहले विभिन्न कार्यक्रम गरी नारी दिवश मनाएका छन ।