Logo

आइतवार, कार्तिक २ गते २०८३

images

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी र पत्रकार बिच अन्तरक्रिया

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी र पत्रकार बिच अन्तरक्रिया

  • PNN Times
  • बुधवार, फाल्गुण २६ २०७७


  • फागुन २६, स्याङ्जा ।  नव आगन्तुक प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र स्याङ्जाका पत्रकारबीच बुधबार छलफल भएको छ । नवआगन्तुक प्रजिअ नेपालले जिल्लाका कृयाशिल पत्रकाहरुसंँग परिचयात्मक कार्यक्रम सहित भेटवार्ता गर्नुभएको हो ।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भएको कार्यक्रममा प्रजिअ नेपालले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणका काममा पत्रकार र स्थानीय प्रशासनबीच समन्वय गरीअघि बढ्ने बताउनुभयो ।

    images

    स्थानीय प्रशासन र पत्रकारका उद्देश्य भनेको सामाजिक  सुशासन र विकास भएकाले दुबै पक्षबीच सकारात्मक सहयोग आदानप्रदान गर्दै अघि बढ्नुपर्नेमा प्रजिअ नेपालले जोड दिनुभयो ।

    सबै निकायसंँग समन्वय गर्दै जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन आफु प्रतिवद्ध रहेको बताउदै प्रजिअ नेपालले नागरिकका काम छिटो छरितो र देखिनेगरी गर्न आफना मातहतका कर्मचारीलाई निर्देशन दिइसकेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले समग्र जिल्लाको अवस्था, समस्या, संचारमाध्यम र पत्रकारका वस्तुस्थितिका बारेमा प्रकाश जानकारी गराउनुभएको थियो ।

    गृह जिल्ला पाल्पा भएका प्रजिअ नेपाल यसअघि बारा जिल्लाको प्रजिअ हुनुहुन्थ्यो । बाराबाट सरुवा भई उहा एकसाताअघि मात्र स्याङ्जा आउनुभएको हो । 

    बुधवार, फाल्गुण २६ २०७७०७:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend