फागनु २६, पैयूँ । गाउँको सिंह दरबार भनिने पर्वतको पैयूँ गाउँपालिका १ महिना देखी प्रमुख प्रशासकिय अधिकृत बिहिन छ । गाउँपालिकामा महिनौँदेखि कार्यालय प्रमुख नहुँदा अहिले नागरिकलाई समस्या परेको छ ।
माघ १६ गते प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर गएपछि १ महिना हुँदा सम्म पनि गाउँपालिकामा कुनै अधिकृत आएका छैनन ।
जसका कारण गाउँपालिकामा अहिले प्रशासनिक काम बाहेक अन्य सबै काम ठप्प भएको गाउँपालिकाका लेखा अधिकृत सरोज पराजुलीले जानकारी दिनुभयो ।
केन्द्रबाट प्रशासकिय अधिकृत चाडै नपठाएको तर केन्द्रले प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाउने तयारी गरेको व्याक्तिलाई गाउँपालिकाले सहमति नदिएपछि अहिले सम्म कुनै कुनै प्रशासकिय अधिकृत आउन नसकेको स्रोतले पैयूँ पोष्टलाई जानकारी दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सम्झौता, आर्थिक कारोबार, अनुगमन, कर्मचारी तलब, लगायतका काम रोकिएका छन् ।