चैत्र १, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी युवा हिमलाल भुर्तेलले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । भुर्तेलले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिकसहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाच हजार (५०००/-) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।
पैयूँ ५ भञ्ज्याङ घर भएका गंगाराम भुर्तेल र खैसरा भुर्तेलका छोरा हिमलाल भुर्तेल हाल साउदी हुनुहुन्छ ।
उहाँले आफ्नो गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएकोअभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेकोबताउनु भयो ।
द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ।
खाता नम्बर :
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001