चैत्र ५, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी युवा दिपक भुर्तेलले जन्मदिनको आर्थिक सहयोग प्रदान गर्नुभएको छ । भुर्तेलले जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षितआवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाच हजार पाचँ सय पचपन्न (५५५५/-) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।
पैयूँ ५ देउराली घर भएका स्व. शिवलाल भुर्तेल र तिला कुमारी भुर्तेलका छोरा दिपक भुर्तेल हाल वैदेशिक रोजगारी हुनुहुन्छ ।
उहाँले आफ्नो गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएकोअभियानलाई स्व. बुबाको सम्झनामा आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्नेउद्देश्यले सहयोग गरेको बताउनु भयो ।
द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ।
खाता नम्बर :
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001