चैत्र ५, पैयूँ । जन्मदिनको अवसरमा युवा संघ वालिङ नगर कमिटिका अध्यक्ष युवा नेता प्रिन्स पराजुरी विवेकले पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पराजुलीले जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षितआवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाच हजार पचास (५०५०/-) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।
उहाँ स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ भुम्रे घर भएका बाबा स्व. भोजराज पराजुलि र आमा वालिङ नगरपालिका वडा नम्बर ९ को वडा सदस्य रमता पराजुलीका छोरा हुनुहुन्छ ।

पराजुलीले पर्वतको पैयूँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई जन्मदिनको अवसरमा सहयोग गरेको र गरीब दुखीले राम्रो बास पाउने, अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।

साथै उहाँले वालिङ बहुमुखि क्याम्पसमा ४ वटा डस्बीन , ५ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नु भएको छ भने रामनदिधाम राम्दीमा रहेको बृद्ध आश्रममा एकदिनको लागि भोजन समेत खुवाउनु भएको छ ।

द निर्भीक फाउण्डेशनले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर :
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001