Logo

शनिवार, कार्तिक १ गते २०८३

images

युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामाग्री हस्तान्तरण

युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामाग्री हस्तान्तरण

  • PNN Times
  • आइतवार, चैत्र ८ २०७७


  • युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामाग्री हस्तान्तरण

    चैत्र ७, वालिङ ।  संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले कृषि औजार सहितका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।   युएनडिपीका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण र दियालो संस्थाका अध्यक्ष कविता तिवारीलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । 

    कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिप प्रताप खाँणले कोभिड १९ (कोरोना भाइरस)का कारण बेरोजगार बन्न पुगेकाहरुलाइ कृषि तथा पशुपालन  मार्फत आत्मनिर्भर बनाउदै सफल उद्यमी बनाउने नगरको योजना रहेको बताउनु भयो । उत्पादन बढाउनको लागि नयाँ नयाँ प्रविधिको प्रयोग अपरिहार्य रहेको भन्दै नगर प्रमुख खाँणले सहकार्य र सहयोगका लागि युएनडिपी नेपाललाई धन्यवाद दिनु भयो । 

    images

    युएनडिपी बाट प्राप्त भएका डिप फ्रिज, मिनि थ्रेसर, मिल्क एनालाईजर, वेडर, अटोमेटिक र म्यानुअल मकै छोडाउने मेसिन लगायतका सामाग्रीहरु छनौट भएका कृषक तथा उद्यमीहरुलाई प्रदान गरिने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकरी दिनुभयो । 

    कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले वालिङमा बिभिन्न कार्यक्रम संचालन हुँदै आएको अध्यक्ष तिवारीले बताउनु भयो ।

    वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत युएनडिपीले कृषि औजार तथा अन्य सामाग्री उपलव्ध गराएको बताईएको छ  ।  

    आइतवार, चैत्र ८ २०७७१२:१०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend