चैत्र ११, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि अफ्रिकाबाट समाजसेवी युवाहरुले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । पर्वतको पैयूँ गाउँपालिका घर भई हाल दक्षिण साउथ अफ्रिकामा रहदै आउनु भएका बेन प्रसाद भुर्तेल (राजु), शालिकराम काफ्ले र याम प्रसाद भुसालले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको आरुगैह्रा जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँहरुले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पचास हजार (५०,०००) रुपैयाँ सहयोग सहयोग गर्नु भएको हो ।
पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोबाट बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन” ले सुरक्षित ठाउँमा वस्ती निर्माणको काम सुरु गरेको छ ।

आफ्नो गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाउन सुरु गरिएको अभियानका सदस्य समेत रहेका बेन प्रसाद (राजु) भुर्तेलको सहकार्यक्रम घुमसुङ घर हुनु भएका शालिकराम काफ्ले र बेउलीबास घर भएका याम प्रसाद भुसालले गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेकोे बताउनु भएको छ ।
उहाँहरुले आफुहले सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समेत बताउनु भयो ।
द निर्भीक फाउण्डेशनले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जसमध्ये एक घर सम्पन्न गरिसकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर :
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001
