Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ ५ मा जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण 

वालिङ ५ मा जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण 

  • PNN Times
  • बिहिवार, चैत्र १२ २०७७


  • वालिङ ५ मा जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण 
    चैत्र १२, वालिङ ।  ‘हाम्रा अग्रज उज्ज्वल भविश्यका मार्ग दर्शक अग्रजहरुलाई तिरस्कार होइन माया र सम्मान गरौ’ भन्ने मूल नाराका साथ वालिङ ५ मा  विहिबार सम्म २ सय जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
     
    वडाले जेष्ठ नागरिक सम्मान अभियान नै सञ्चालन गरी वडाका विभिन्न टोलटोलमा गएर  जेष्ठ नागरिक सम्मान गरेको हो । विहिबार जर्कोटमा कार्यक्रम गरिएको थियो । जेष्ठ नागरिक सम्मान स्वरुप निःशुल्क दीर्घ रोग, रक्तचाप, मधुमेह मृगौला रोग तथा मोटोपन सम्बन्धी परिक्षण गरिएको थियो ।
     
    जेष्ठ नागरिकलाई स्वस्थ र दिर्घायू राख्न सकियो भने उहाँहरुको विचार र अनुभवले सभ्य समाज निर्माणमा सघाउ पुग्ने भन्दै वडाले विभिन्न टोलटोलमा पुगेर जेष्ठ नागरिक सम्मान स्वरुप स्वास्थ्य परिक्षण गरिएको नगरकार्यपालिका सदस्य जमुना केसीले जानकारी दिनुभयो ।
     
    शुक्रबार सम्म चल्ने कार्यक्रममा वडाका ढाईसय जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण हुनेछ । 

    बिहिवार, चैत्र १२ २०७७०७:४८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend