Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा स्थानीय उद्योग व्यवस्थापन सम्बन्धी कानूनको मस्यौदामाथि छलफल

वालिङमा स्थानीय उद्योग व्यवस्थापन सम्बन्धी कानूनको मस्यौदामाथि छलफल

  • PNN Times
  • बिहिवार, चैत्र १९ २०७७


  • वालिङमा  स्थानीय उद्योग व्यवस्थापन  सम्बन्धी  कानूनको  मस्यौदामाथि छलफल

    चैत १९, वालिङ ।  स्थानीय उद्योग व्यवस्थापन तथा नियमन सम्बन्धी कानुनको मस्यौदा विषयक छलफल कार्यक्रम विहिबार वालिङ नगरपालिकामा सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजना, उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोग र द एशिया फाउण्डेसनको सहकार्यमा मस्यौदा विषयक छलफल गरिएको हो ।

    कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खांणले ऐन अध्ययन गरेर छलफल गरी नगरसभाबाट पारित गरिेर कार्यान्वयनमा ल्याउने बताउनुभयो । साथै यो ऐनलाई कार्यान्वयनमा ल्याउन सरोकारवालहरुको समेत उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउँदै आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । 

    images

    36.JPG

    कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले ऐन कार्यान्वयनमा ल्याउन चरणबद्ध रुपमा आवश्यक छलफल गरी नगरपालिका अगाडि बढ्ने बताउनुभयो ।

    123.JPG

    त्यस्तै प्रमुख प्रशासकिय अकिृत राजन भट्टराईले यहाँका स्थानीयको परिवेश, वातावरण सुहाउँदो ऐनहरु निर्माण गरी कार्यान्वयमा ल्याउन सजिलो हुने बताउनुभयो । 

    2.jpg

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव भुवन निरौलाले मस्यौदामाथि प्रस्तुतिकरण गर्नुभएको थियो भने मञ्चका स्थानीय कार्यक्रम अधिकृत निर्भीक नारायण भुर्तेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 

     

    बिहिवार, चैत्र १९ २०७७०८:१४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend