Logo

शनिवार, कार्तिक १ गते २०८३

images

२७ महिने बालक सुजन न्यौपानेद्वारा सुरक्षित बस्ति निर्माणको लागि १० हजार सहयोग

२७ महिने बालक सुजन न्यौपानेद्वारा सुरक्षित बस्ति निर्माणको लागि १० हजार सहयोग

  • PNN Times
  • बिहिवार, बैशाख २ २०७८


  • २७ महिने बालक सुजन न्यौपानेद्वारा सुरक्षित बस्ति निर्माणको लागि १० हजार सहयोग

    बैशाख २,   पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि २७ महिनाका बालक  सुजन न्यौपानेले जन्मदिनको अवसरमा आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।  न्याौपानेले   जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई दश  हजार  (१००००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ । 
    13D7C4FC-E810-408A-A106-9C264B72B6C8.jpeg
    पैयूँ ५ अम्बट घर भएका बुबा नविन न्यौपाने र आमा सिता काफ्ले न्यौपानेका २७ महिनाका छोरा सुजन न्यौपानेले आर्थिक सहयोग गर्नु भएको हो । 

    छोराको जन्म दिनमा  आफ्नो गाउँमा  रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई   सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको आमा सिता काफ्लेले बताउनु भयो ।

    7C533421-A953-48D3-A4A5-DCF764FA793E.jpeg
    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  
    खाता नम्बर 


    AC Name : The Nirbhik Foundation
    Bank Name : Garima Bikas Bank Waling Branch
    AC No : 00100100855183000001

    images

    बिहिवार, बैशाख २ २०७८०३:३२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend