Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जन्मदिनको अवसरमा समाजसेवी पराजुलीद्वारा सुरक्षित बस्ती निर्माणको लागि आर्थिक सहयोग

जन्मदिनको अवसरमा समाजसेवी पराजुलीद्वारा सुरक्षित बस्ती निर्माणको लागि आर्थिक सहयोग

  • PNN Times
  • शनिवार, बैशाख ४ २०७८


  • जन्मदिनको अवसरमा समाजसेवी पराजुलीद्वारा सुरक्षित बस्ती निर्माणको लागि आर्थिक सहयोग

    बैशाख ४,पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी विष्णु पराजुलिले जन्मदिनको अवसरमा आर्थिक सहयोग  प्रदान गर्नु भएको छ । पराजुलिले जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाचँ हजार (५०००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।

    170047757_185135376622688_4358184619618507662_n.jpg

    द निर्भीक फाउण्डेशनले निर्माण गरेको घर..

    वालिङ नगरपालिका वडा नम्बर १२ धनमुडा घर भएकी पराजुलि सानै देखी समाज सेवामा सक्रिय हुनुहुन्छ । उहाले जन्म दिनमा विभिन्न कार्यक्रम गरेर खर्च गर्नु भन्दा जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।

    खाता नम्बर  AC Name : The Nirbhik Foundation Bank Name : Garima Bikas Bank Waling Branch AC No : 00100100855183000001

    शनिवार, बैशाख ४ २०७८०७:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend