Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कृषि मन्त्रालयले क्यालेन्डर नै बनाएर कृषि क्षेत्रमा लगानि गर्ने

कृषि मन्त्रालयले क्यालेन्डर नै बनाएर कृषि क्षेत्रमा लगानि गर्ने

  • निर्भीक नारायण भुर्तेल
  • शनिवार, बैशाख ४ २०७८


  • कृषि मन्त्रालयले क्यालेन्डर नै बनाएर कृषि क्षेत्रमा लगानि गर्ने

    वैशाख ४, काठमाण्डौ ।  किसानहरुले उत्पादित कृषि उपजहरुको उचित मूल्य नपाउने तथा उल्लेख्य प्राविधिक सेवा समेतको अभावले उत्पादनमा आएको ह्रासका कारण यस पटक कृषि तथा  पशुपंक्षी विकास मन्त्रालयले क्यालेन्डर नै बनाएर कृषि क्षेत्रमा लगानि गर्न तयारी थालेको छ ।

    अबको केही बर्षमा खाद्यान्नको उत्पादनलाई बृद्धि गरी देशलाई कृषिमा आत्मनिर्भर बनाउने तथा कृषिमा आधुनिकीकरणलाई जोड दिने गरी मन्त्रालयले योजना बनाएको छ । यसलाई कार्यान्वयन गर्न र सरकारको निति तथा कार्यक्रमको मर्म अनुसार अगाडी बढ्न कुन कुन जिल्लामा कृषिमा के कस्ता सम्भावना छन भनेर मन्त्रालयले सुझाब समेत लिएको छ । 

    images


    कृषि क्षेत्रमा आत्म निर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा योजना निर्माणको लागि कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभा र राष्ट्रिय सभा सासंदहरुसंग सुझाब समेत लिनु भएको छ  । 


    त्यतिमात्र नभएर विगतमा सञ्चालित कृषि कार्यक्रमलाई परिष्कृत गर्ने र नयाँ योजना मार्फत किसानहरु समक्ष  पुग्ने गरी मन्त्रालयले काम गर्ने मन्त्री अर्यालले बताउनु भयो । मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई नेपालको कृषि क्षेत्रको रुपान्तरकारी परियोजनको रुपमा स्थापित गर्दै काम गर्न लागेको जनाएको छ ।  


    देशको ग्रामिण क्षेत्रको जिबिकोपार्जनको एउटा मात्र बिकल्प कृषि पेशा हो । ग्रामिण क्षेत्रको कृषिलाई आधुनिकिकरण र ब्याबसायिकरण गर्दै कृषि उत्पादन मार्फत सहरको पैसा गाउँमा भित्राउने योजना कृषि मन्त्रालयको छ ।  

    शनिवार, बैशाख ४ २०७८०९:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend