वैशाख १५, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी युवा सन्तोष चौधरीले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । चौधरीले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकमा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिकसहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई आठ हजार एक सय चौतिस (८१३४/–) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।

दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ घर भएका चौधरी हाल दक्षिण अफ्रिकामा कार्यरत हुनुहुन्छ ।
उहाँले जोखिममा रहेको वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको द निर्भीक फाउन्डेशनको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।
द निर्भीक फाउण्डेशनले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ।
खाता नम्बर :
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001