वैशाख १७ । वालिङ नगरपालिका वडा नं. ८ ले वडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै वडा कार्यालयबाट अत्यवश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहेको जनाएको छ ।
वडाभित्र सक्रिय संक्रमितको संख्या बढ्दै गएको भन्दै जोखिम रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार बसेको वडा समितिको आकस्मिक बैठकले वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा २२ गतेसम्मका लागि बन्द गरेको हो ।
वडा अध्यक्ष कमलप्रसाद सुवेदीद्वारा हस्ताक्षरिक सूचनामा अत्यवश्यक बाहेक घरबाट बाहिर ननिस्कन, अनावश्यक भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, नियमित साबुनपानीले हात धुन, अनिवार्य मास्कको प्रयोग गर्न, पसल होटल, बैंक, वित्तिय संस्थाहरु सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न,खेलकुद लगायतका मानिसका भीडभाड हुने कार्यक्रम नगर्न, विवाह, ब्रतबन्ध, धार्मिक गतिविधि गर्दा २५ जनाभन्दा धेरै सहभागी नहुँन समेत आग्रह गरिएको छ ।