Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण रेड जोन क्षेत्रहरु !!

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण रेड जोन क्षेत्रहरु !!

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • काठमाडौँ उपत्यकामा कोरोना संक्रमण रेड जोन क्षेत्रहरु !!

    काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३५६ पुगेको छ । जसमध्ये काठमाडौंका २३५, ललितपुरमा ७६ र भक्तपुरका ४५ जना रहेका छन् ।

    सोमबार मात्रै काठमाडौं उपत्यकामा ९ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये ललितपुरमा पाँच, काठमाडौंमा तीन र भक्तपुरका एक जना छन् ।

    images

    उपत्यकाका ७१ बढी ठाउँमा संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा कोरोना देखिएको बताए ।

    गत जेठ महिनासम्म न्यून सङ्क्रमित् फेला पर्ने काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा दैनिक रुपमा सङ्क्रमित बढ्दो अवस्थामा छन् । जसमध्ये अधिकांश विदेश तथा बाहिरी जिल्लाबाट आएका छन् । तर सङ्क्रमितको सम्पर्कमा आएर सङ्क्रमण हुनेहरू पनि बढी छन् ।

    कोरोना संक्रमित भेटिएका स्थानः

    काठमाडौं – कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वर ।

    भक्तपुर – सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछे ।

    ललितपुर – महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचे ।

    १२ वटा जोखिमस्थलहरू – अस्पताल, तरकारी बजार, फलफूल पसल, चिया पसल, दुग्ध÷डेरी, रेस्टुरेन्ट, किराना पसल, बैंक, सरकारी निकाय, सपिङ सेन्टर, सैलुन÷ब्युटिपार्लर, सार्वजनिक यातायात ।

     

    बुधवार, श्रावण २१ २०७७०३:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend