Logo

आइतवार, कार्तिक २ गते २०८३

images

जेठ १७ सम्म अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध

जेठ १७ सम्म अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध

  • PNN Times
  • मंगलवार, बैशाख २८ २०७८


  • जेठ १७ सम्म अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध

     वैशाख २८, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

    यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    images

    सो प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

    अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।

    मंगलवार, बैशाख २८ २०७८०७:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend