Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माणको लागि अर्थ मन्त्रालबाट बजेट विनियोजन 

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माणको लागि अर्थ मन्त्रालबाट बजेट विनियोजन 

  • PNN Times
  • मंगलवार, जेठ ४ २०७८


  • स्याङ्जामा अक्सिजन प्लान्ट निर्माणको लागि अर्थ मन्त्रालबाट बजेट विनियोजन 
    काठमाडौ,४ जेष्ठ ।
    स्याङजामा अक्सिजन प्लान्ट बन्ने भएको छ । 
    १ करोड  ५० लाख रुपैयाँ लागतमा प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा अक्सिजन प्लान्ट निर्माण हुने भएको हो ।

    अहिले स्याङ्जामा  दैनिक रूपमा पोखराबाट अक्सिजन सिलिन्डर भरेर ल्याउनुपर्ने बाध्यता छ । सोही बाध्यतालाई मध्यनजर गर्दै मन्त्री अर्यालले अर्थ र स्वास्थ्य मन्त्रालयमा पत्र पठाउनु भएको थियो । 
     
    187053738_518439659334014_2392838968667036432_n.jpg

    मन्त्री अर्यालले पत्र पठाएको केही दिनमा नै  अर्थ मन्त्रालयले स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न मंगलबार स्विकृत गरेको हो । प्लान्ट निर्माण गर्नको लागि अर्थ मन्त्रालयबाट स्विकृत भएको बताउदै मन्त्री अर्यालले १ महिना भित्रमा सम्पन्न हुने गरी काम अगाडी बढ्ने बताउनु भयो । स्याङजामा अक्सिजन प्लान्ट निर्माण भए पछि सिलिण्डर भर्न पोखरा जानु पर्ने बाध्यता हट्ने छ । मन्त्री अर्यालले यस अघि पनि अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनु भएको थियो ।

    मंगलवार, जेठ ४ २०७८०६:४०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend