जेठ ७, पर्वत ।
पर्वतको पैयुँ गाउँपिलाकाको ७ वटै वडामा कोरोना संक्रमितको अवस्था बुझ्नका लागि जनप्रतिनिधिको टोली खटिएको छ। गाउँपालिकाको सबै वडामा रहेका संक्रमितहरुको अवस्था बुझ्न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहित गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्ष सहितको टोली घरघरमा पुगेका हुन् ।
पैयुँ गाउँपालिकाको टकलाक, त्रिवेणी, बेहुलिबास, हुवास, चिसापानी, सरौखोला, र भोर्लेमा गरी ७ वटा वडाको होम आईसोलेशनमा रहेकासंग उनिहरुको समस्या र अवस्था बारे बुझी परामर्श समेत दिइईएको पैयुँ गाउँपालिकाक प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद लामिछानेले जानकारी दिनु भयो ।

होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थयमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि वडा वडामा पुगेको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनु भयो ।
गाउँपालिका भित्र रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन लागि घरघरमा पुगेर सल्लाह दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले बताउनु भयो । कोरोना संक्रमितलाई आवश्यक परामर्श र स्वास्थ्य सल्लाह खानपिन, सरसफाई, जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ। उनीहरूलाई आवस्यक सुरक्षा सामग्री, औषधिसमेत वितरण गरिएको छ।
पैयुँ गाउँपालिकामा अहिलेसम्म ४६ जना संक्रमित रहेका छन् । जस मध्ये १ जनालाई अस्थाई कोरोना अस्पतालमा राखिएको छ ।
संक्रिय संक्रमितमध्ये कसैमा पनि पनि अवस्था जटिल नदेखिएको गाउँपालिकाले जनाएको छ ।
होम आइशोलेशनमा बसेका संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा रही सुरक्षित साथ बस्न र स्वास्थ्य समस्या आइपरेमा अस्थायी कोभिड अस्पतालमा आउन गाउँपालिकाले आग्रह गरेको छ ।
साथै संक्रमितको सम्पर्कमा आएका र कोभिड लक्षण देखिएकालाई वडा नम्बर ३ को जेष्ठ नागरिक सेवा केन्द्रमा पि।सि।आर चेकजाँच जेठ ८ गते गरिने भएको छ ।
पैयुँमा हालसम्म कोरोना भाईरसको कारण भने २ जनाको मृत्यु भएको छ ।