जेठ १५, काठमाडौं । श्रमजीवी पत्रकारलाई ७ लाख सम्मको दुर्घटना बिमा गरिने
भएको छ । आर्थिक वर्षका २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारलाई ७ लाख सम्मको दुर्घटना बिमा सरकारले गर्ने बताउनु भयो । साथै नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेश काउन्सीलको पत्रका आधारमा निशुल्क उपचार गरिने बताउनु भयो ।