जेठ २०, पर्वत । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ६ डाँडाकाँहुमा आगलागि पिडीतलाई आर्थिक सहयोग गरिएको छ । पर्वत समाज कतारले आगलागि पिडीतलाई ६२ हजार ४ सय ७७ रुपैया नगद सहयोग गरेको हो ।
पर्वत समाज कतारका उपाध्यक्ष श्याम न्यौपानेको संयोजकत्वमा संकलित उक्त रकम पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भीक नारायण भुर्तेलले पैयुँ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य, समाजसेवी एंव युवाहरुको साथमा पिडीतहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
समाजले आगलागि पिडितलाई केही राहत मिलोस भनेर उक्त रकम संकलन गरी पठाएको पर्वत समाज कतारका उपाध्यक्ष श्याम न्यौपानेले बताउनु भयो । उहाँले परि आएको खण्डमा आगामी दिनमा पनि सहयोग गर्ने जानकारी गराउनु भयो ।

उक्त रकम सहि सदुपयोग हुने र पिडितहरुको आवश चाडै बन्नेमा विश्वास गर्न राहत समितिका सचिव मुकुन्द सापकोटाले बताउनु भयो । समाजले समाजले आपत विपत परेको समयमा पर्वतमा सहयोग गर्दै आईरहेको छ ।
सहयोग गर्नु हुनेहरुको नामावलि :
