असार २, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ५ ज्यामिरेका तिलक अधिकारी राम्रोसंग नसुतेको तिन दिन भयो ।
तिन दिन देखी परेको अविरल वर्षाका कारण उनको घरको आगनबाट पहिरो जादा उनि लगायत स-परिवार राम्रोसंग सुत्न सकेका छैनन।
फलेवास लुंखु ज्यामिरे सिम्ले हुँदै हुवास जाने सडक खण्ड बिस्तार गर्ने क्रममा सडक खन्दा घर भन्दा तलबाट पहिरो गएको तिलक बताउछन ।
घर गोठलाई सुरक्षित बनाउन पहिले खनेको सडकसंगै जाली लगाईएको थियो । तर त्यो जालि सडक बिस्तार गर्ने भन्दै ठेकेदार कम्पनिले फालिदियो ।

तत्काल सडकको काम नहुने हो भने घर गोठलाई सुरक्षित बनाउन लगाईएको जालि नफालौ भनेर तिलकले पटक पटक भनेको तरठेकेदार कम्पनिले तुरुन्तै काम सुरु गर्छौ भनी जालि फालेपछि तिन दिन देखी परेको अविरल वर्षाका कारण पहिरो गयो उनको भनाई छ।
उनिहरुले जालि फालेको महिनौ बिति सक्दा पनि काम सुरु नगर्दा पहिरोको उच्च जोखिम बढेको तिलकको गुनासो छ । तिलको जस्तैयो क्षेत्रका अन्य घरहरु पनि पहिरोको उच्च जोखिममा छन । उनको घर संगै एफएफ अर्गानिक कृषि फर्म समेत उच्च जोखिममा परेको छ।

आफुले पटक पटक गाउँपालिका, प्रशासन र ठेकेदार कम्पनिलाई खबर गरे पनि कुनै सुनुवाई नभएको तिलक बताउछन ।
घर गोठ कति बेला पहिरोले लैजाने हो थाहा छैन तिलक भन्छन यस्तो हुदा समेत कुनै निकाय हेर्न समेत आएको छैन ।
गाउँमै सिंह दरबार आएको भनियता पनि पहिरोले घर नलैजादा सम्म कोही नआउने हो कि भन्ने चिन्ता तिलकको छ ।

यस्ता जोखिम बस्तिलाई सुरक्षित रुपमा राख्न यस्को लागि सम्बन्धित निकायको चाडै ध्यान जाहोस ।
