असार ९, पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा एकै दिन २० जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ७ हिलेका २० जना नागरिकमा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।
मंगलबार पैयुँ गाउँपालिकाले ५० जनामा एन्टिजेन परिक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले जानकारी दिनु भयो । पोजेटिभ देखिएका नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको न्यौपानेले बताउनु भयो ।
हिले गाउँ शिल
५० जनामा एन्टिजेन परिक्षण गर्दा २० जनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि जिल्ला प्रशासन पर्वत र गाउँपालिकाले केहिको लागि वडा नम्बर ७ को हिले गाउँ शिल गरेको छ ।
शिल गरेपछि उक्त क्षेत्रमा आवात जावत कम गर्न र भिडबाट हुन नदिन प्रहरिलाई खबर गरि सकेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जानकारी दिनु भयो ।
उहाँले शिल गरेको गाउँमा कोही पनि आवत जावत । भिडभाड नगर्न सबैमा आग्रह गर्नु भएको छ । साथै सबैमा गाउँबासीहरुमा सचेत रहन तर नआत्तिन गाउँपालिकाले अनुरोध गरेको छ ।