असार २०, पर्वत । समाज सेवी चण्डी प्रसाद भुर्तेलले उज्यालो गाउँ अभियानलाई मिटर बक्स सहयोग गर्नु भएको छ। पर्वतको पैयुँ गाउँमापालिका वडा नम्बर ५ लाई उज्यालो गाउँ बनाउने युवाहरुको अभियानलाई भुर्तेलले मिटर बक्स सहयोग गर्नु भएको हो।
पैयुँ ५ को मुख्य सडकमा रातको समय पनि आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले सडक बत्ति जडान गरि गरि गाउँलाई नै उज्यालोगाउँ बनाउन लागिएको अभियानलाई आवश्यक परेको मिटर बक्स सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समाजसेवी चण्डी प्रसादभुर्तेल बताउनु भयो ।
आफ्नै गाउँमा युवाहरु राम्रो काम गरिरहदा आवश्क परेको सामन सहयोग गर्न पाउदा खुसी लागेको र आगामी दिनपनि थप सहयोग गर्नेभुर्तेलले बताउनु भयो । उहाले मिटर बक्स उज्यालो गाउँ अभियानका संयोजक एंव पत्रकार निर्भीक नारायण भुर्तेललाई हस्तान्तरण गर्नुभएको हो ।
उज्यालो गाउँ अभियान अन्तर्गत पहिलो चरणमा चिसापानी, सिरिन्डाडा, पुछार, पिप्लेडाडा, भोटेखर्क हुदै डाँडाघर सम्म सडक लाईटजडान गरिने उज्यालो गाउँ अभियान समितिका संयोजक निर्भीक नारायण भुर्तेल जानकारी दिनु भयो ।
उहाँले आगामी आर्थीक वर्षमा योउज्यालो अभियानलाई निरन्तरता दिदै डाँडाघर देखि भञ्ज्याङ, देउराली, बानीडाडा छहरे झरना सम्म सडक बत्ति जडान गर्ने बताउनु भयो।
विश्व कृति युवा क्लब पैयुँ ५ र पैयुँ गाउँपालिकाको सहकार्यमा सडक बत्ति जडान गरिएको हो ।

