असार २४, पर्वत । असारमा हुने डोजरले विकासले विनाश निम्त्याएको छ । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर पाँचमा आर्थिक वर्षकोअन्त्यमा बाँटो खनेको कारण घर नै जोखिममा परेको छ।
पैयुँ गाउँ पालिका वडा नम्बर ५ भुर्तेकथोक देउरालीका मुक्ति प्रसाद भुर्तेलको घर आगन देखी पहिरोको जादा जोखिममा परेको हो ।

असार मसान्तरसम्म काम जसरी पनि सक्नु पर्ने भन्दै घर मुनिबाट डोजरले वाल उठाउन खने पछि पहिरो गएको हो।
पहिरोले घरको गाह्रो सहित पिढी र आगन सबै चर्किएको छ ।
घरको गाह्रो पनि चर्किएको छ घर धनि मुक्ति प्रसाद भुर्तेल भन्नुहुन्छ रातिमा पानी परे घर नै पहिरोले लैजान्छकी भन्ने डर छ ।
उहाँले तत्काल घर संरक्षण गर्न माँग गर्नु भएको छ।
