Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सुरक्षित बस्ति निर्माणका लागि सहिद प्रेम - यादव स्मृति प्रतिष्ठानका अध्यक्ष भुसालद्वारा आर्थिक सहयोग

सुरक्षित बस्ति निर्माणका लागि सहिद प्रेम - यादव स्मृति प्रतिष्ठानका अध्यक्ष भुसालद्वारा आर्थिक सहयोग

  • PNN Times
  • शुक्रवार, आषाढ २५ २०७८


  • सुरक्षित बस्ति निर्माणका लागि सहिद  प्रेम - यादव स्मृति प्रतिष्ठानका अध्यक्ष  भुसालद्वारा आर्थिक सहयोग

    असार २५, पर्वत ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि सहिद  प्रेम - यादव स्मृति प्रतिष्ठानका अध्यक्ष जनक कुमार भुसालले आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।  भुसालले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाँच  हजार   (५०००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोले बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ । 

    29891995-D150-4002-940B-95A5ED2093ED.jpeg

    पर्वतको बिहादी गाउँपालिका वडा नमन्बर ५ उराम शहिद पोखरा घर में हुनुभएका भुसाल सहिद यादव भुसालका छोरा हुनुहुन्छ । 

    उहाले आफ्नो बाबाको सम्झनामा जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।  

    भुसालले गरिब दुखीको लागि सहयोग गर्न जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।

    शुक्रवार, आषाढ २५ २०७८०९:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend