Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पुतलीबजार नगरपालिकाद्वारा आयोजित कार्यमुलक अनुसन्धान लेखन प्रतियोगिता सम्पन्न

पुतलीबजार नगरपालिकाद्वारा आयोजित कार्यमुलक अनुसन्धान लेखन प्रतियोगिता सम्पन्न

  • PNN Times
  • बिहिवार, आषाढ ३१ २०७८


  • असार ३१, स्याङ्जा । पुतलीबजार नगरपालिकाले सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षकहरुका विचमा कार्यमुलक अनुसन्धान लेखन प्रतियोगिता सम्पन्न गरेको छ । पालिका भित्रका शिक्षकहरुको शिक्षणमा देखिएको समस्याहरुलाई हलगर्दै शिक्षण सुधार गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

    कार्यक्रममा नगरप्रमुख सिमा कुमारी क्षेत्रीले उत्कृष्ठ ५ प्रतियोगिहरुलाई नगद १० हजारका दरले पुरस्कृत गर्नुभएको थियो । पुरस्कृत गर्दै उहाँले शिक्षकहरुका सृजनाहरुलाई आगामि दिनहरुमा प्रकाशीत गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरप्रमुख क्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आगामि दिनहरुमा थप बजेटको व्यवस्था गर्ने समेत जानकारी दिनुभयो ।

    images

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, शिक्षा शाखा प्रमुख बाबुराम बराल र प्रतियोगिको तर्फबाट विष्णुप्रसाद पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो । नगरप्रमुख क्षेत्रीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको संचालन शिक्षा अधिकृत गोविन्दराज सुवेदीले गर्नुभएको थियो ।

    प्रतियोगितामा ३७ जना शिक्षकहरुको सहभागीता रहेकोमा त्रिभुवन आदर्श माविका शिक्षक विष्णु प्रसाद पोख्रेल र जिवन अधिकारी, जनजागृति चण्डीकालीका शिक्षक ज्योति थापा, भैरव आधारभुत विद्यालयका शिक्षक योगेन्द्र गुरुङ र चक्रकमला आधारभुत विद्यालय राङखोलाका शिक्षक नविन कुमार जिटी पुरस्कृत हुनुभएको शिक्षा शाखाका श्रोत व्यक्ति बलराम दोरङगाले जानकारी दिनुभयो । 

    बिहिवार, आषाढ ३१ २०७८०७:३७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend