गोपाल जिटी
पाल्पा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले विकास निर्माणका बजेटलाई कटौती गरेर भएपनि स्वास्थ्यलाई विशेष ध्यान दिएको बताउनु भएको छ । केहि महिना पहिला काठमाडौं पुगेर स्वास्थ्य मन्त्रालयमा रामपुरका नागरिकको स्वास्थ्य रक्षाका लागि कोभिड १९ कोरोना भाइरसको महामारीबाट जोगाउन खोप किन्ने अनुमति दिनुस भनेर स्वास्थ्य मन्त्रीलाई भेटेको उल्लेख गर्दै नगर प्रमुख थापाले पहिला नागरिक स्वस्थ रहनुप¥यो विकास निर्माण त पछि गरेपनि हुन्छ भन्ने मान्यताले स्वास्थ्य क्षेत्रलाई जोड दिएको बताउनुभयो ।
यो हाम्रो रहर होइन, वाद्यता हो । कोरोना भाइरस धेरै पहिलादेखि नै पैmलिएको हो, यसबाट सुरक्षित रहनका लागि महामारीले तीव्रगति लिँदासम्म पनि तत्कालिन ओली सरकार खोप ल्याउनका लागि कहाँ कता अल्मलियो थाह छैन । हामीले पनि विभिन्न देशहरुसँग समन्वय गरेर खोप ल्याउन सक्छौं र भण्डारण गर्न पनि सक्षम छौं भनेर अनुमति माग्न पुगेको नगर प्रमुख थापाको भनाई छ ।
आँपूm निर्वाचित भैसकेपछि सम्झनयोग्य कामहरुमा सबैभन्दा पहिला खरको छाना लाई विस्थापित गर्ने कामलाई प्राथमिकतामा पारेर काम गरेको उहाँले बताउनुभयो । यस अभियानमा सात सय पचासी घरहरुलाई जस्तापाताले छाउने काम सम्पन्न गरेको नगर प्रमुख थापाले स्पष्ट पार्नुभयो ।
यसैगरी रामपुर नगरपालिकालाई उज्यालो सहर घोषणा गर्नुपर्छ भन्ने हिसावले सबै टोल, वडा र बस्तीहरुमा विजुली पु¥याइएको छ । बुटवल पावर कम्पनीसँगको समन्वयमा नगरपालिकाले करिव तीन करोड खर्च गरेर हरेक बस्तीहरुमा उज्यालो बनाएको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकालाई पर्यटकीय हिसावले पनि विकास गर्नुपर्छ भनेर नेपालका सयवटा पर्यटकीय स्थानमध्ये तालपोखरालाई एउटा गन्तव्यकारुपमा विकास गरेर पहिचान दिइसकिएको छ भने प्याराग्लाइडिङ तथा कालिगण्डकीमा ¥याप्mटीङको आयोजना गर्दै आएको छ । यसका साथै नगरपालिकाले तीन सय मेट्रिक टन क्षमताको पाल्पा जिल्लाकै ठूलो शित भण्डार निर्माण गरेर यहाँका कृषि उपजहरु सुरक्षणमा लगानी गरेको छ । एक वडा एक उत्पादनको अवधारणा अनुसार वडाहरुमा विभिन्न कृषिजन्य उत्पादनमा कृषकहरुलाई क्रियाशिल हुन प्रेरित गरेको नगर प्रमुख थापाले उल्लेख गर्नुभयो । उहाँले पाल्पा जिल्लाकै ठूलो हाइटेक प्रविधिबाट कृषकहरुलाई तालीम दिने कामको समेत थालनी गरेको जानकारी गराउनुभयो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई रामपुर नगरपालिकाले विशेष जोड दिएको छ । यसका लागि विदेशबाट रोजगार गुमाएर आएकाहरुका लागि नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ ।
नगर प्रमुख थापाले गतवर्ष १२ लाखसम्मको व्याज अनुदान दिएकोमा यसलाई बढाएर २० लाख पु¥याइएको उल्लेख गर्नुभयो । विशेषगरी वैदेशिक रोजगारी गुमाएर आएका युवाहरुलाई व्याजमा अनुदान कार्यक्रम ल्याएर कृषिक्षेत्रमा काम गर्ने वातावरण सिर्जना गरेको उहाँको भनाई छ । यसरी युवा स्वरोजगारका कार्यक्रममा नेपालकै पहिलो उदाहरणीय काम गरेको उहाँको दावी छ ।