साउन ११, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएको ४ वर्ष पछि गाउँपालिकाको भवन बन्ने भएको हो । पैयूँ गाउँपालिका वडा नम्बर ४ भकुण्डे बगरमा गाउँपालिकाको भवन बनाउन गत सनिबार शिल्यान्यास गरिएको छ ।
पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङ र प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले प्रशासकीय भवनको शिल्यान्यास गरेका हुन ।

प्रशासकीय भवन निर्माण गर्न विवेक एण्ड कुवेर विल्डर्स कम्पनिलाई टेन्डर परेको छ । भवन साढे तीन तला, ३८ कोठा र लिफ्ट सहितको हुनेछ । ५ करोड ४८ लाख ४८ हजार ९ सय ९० रुपैयाँ ४१ पैसा लागतमा बन्न लागेको भवन निर्माणको काम ठेकेदार कम्पनिले १८ महिनामा सम्पन्न गर्नु पर्ने छ । ।
१२ रोपनी क्षेत्रफलमा बन्ने प्रशासकीय भवन निर्माणको लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निशुल्क जग्गा उपलब्ध गराएका हुन ।
हाल गाउँपालिकाको कार्यालय हातेमालो चोक स्थित भाडाको घरबाट सञ्चालन भइरहेको छ ।
