Logo

आइतवार, कार्तिक २ गते २०८३

images

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

  • PNN Times
  • शनिवार, श्रावण १६ २०७८


  • सल्यान - कपुरकोट गाउँपालिकाको किमुचौरमा करेन्ट लागेर शारदा नगरपालिका–१४ माल्नेटाका  २५ वर्षीय विमल भण्डारीको मृत्यु भएको छ ।

    रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई शुक्रबार बेलुकी करेन्ट लागेको थियो ।

    images

    करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।

    भण्डारीको शव कपुरकोटस्थित स्वास्थ्यचौकीमा राखिएको छ । पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन मुचुल्का उठाउन शनिबार बिहान प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

    शनिवार, श्रावण १६ २०७८१०:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend