Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आलोचनालाई अवसरमा बदलौंं : नगर प्रमुख खाँण

आलोचनालाई अवसरमा बदलौंं : नगर प्रमुख खाँण

  • PNN Times
  • सोमवार, श्रावण १८ २०७८


  • आलोचनालाई अवसरमा बदलौंं : नगर प्रमुख खाँण

    तोलाकान्त बगाले ।

    वालिङ, १७ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले आलोचनालाई अवसरकोरुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

    वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्यहरुको दुई दिने वार्षिक समीक्षा कार्यक्रमको समापन गर्नुहुँदै उहाँले काम गर्दा गर्दै पनि कहिले काँही आलोचना आउन सक्छन् त्यस्तो अवस्थामा हतोत्साहित भएर होईन कमी कमजोरीहरुलाई सुधार गर्ने अवसरकोरुपमा लिएर अगाडि बढ्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सुझाव दिनुभयो ।

    “नियम तथा कानूनले निर्दिष्ट गरेका कार्यहरु कोही कसैप्रति पूर्वाग्रह नराखी सबैलाई समान राखेर नियतरहित सेवा प्रवाह गर्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “राम्रो गर्दा गर्दै पनि विभिन्न खालका आलोचनाहरु आउन सक्ने भएकाले यसलाई सुधार गर्ने अवसरकोरुपमा लिई अझै समयानुकुल परिमार्जित गरी अगाडि बढौं ।”

    समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धीहरु अभिलेखकोरुपमा राख्नुकासाथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्ने नगर प्रमुख खाँणले बताउनुभयो । 

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडागत तथा शाखागतरुपमा आएका असल अभ्यासहरुलाई निरन्तरता र कमि कमजोरीहरुलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताउनुभयो । उहाँले समीक्षा गर्ने कार्यले अहिलेसम्मको अवस्थाकाबारेमा जानकारी भई अबकालागि योजना बनाउनका लागि कोशेढुंगाकोरुपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले नगरको विकासका लागि एउटा वडा तथा शाखाले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदानमा समीक्षाले सहयोगी हुने धारणा राख्नुभयो । उहाँले प्राप्त सुझावहरुलाई कार्यान्वयनको चरणमा लैजान सबैको सामूहिक पहल आवश्यक पर्ने बताउनुभयो ।

    नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले गर्नुभएको थियो ।

    images

    सोमवार, श्रावण १८ २०७८०८:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend