Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पर्वतको पैयुँमा तपाईको मास्क खै ? अभियान

पर्वतको पैयुँमा तपाईको मास्क खै ? अभियान

  • PNN Times
  • मंगलवार, श्रावण १९ २०७८


  • पर्वतको पैयुँमा तपाईको मास्क खै ? अभियान

    साउन १९, पर्वत । पर्वतको पैयुँमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड नागरीकले पालनमा नगरेको भन्दै इलाका प्रहरी कार्यालयल हुवासले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ ।

    पर्वतमा संक्रमणको दर बढेको कारण आइतबार बाट निषेधाज्ञा जारी भएपछि मंगलबार इलाका प्रहरी कार्यालय हुवासले यो अभियान सुरु गरेको हो । 

    images

     जिल्लामा कोरोना भाइरसको संक्रमण दर पुनः बढ्दै गएको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

     नागरिकहरुले जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचक्य्राइँ गरेका कारण संक्रमण दर बढ्ने भन्दै आफुहरुले यो अभिायन सुरु गरेको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले बताउनु भयो । 

    जनस्वास्थ्यका मापदण्ड पालना गराउने उद्देश्यले  हातेमालो चोक, त्रिवेणी, हुवास बजारमा ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरी सार्वजनिक स्थानमा निस्किँदा मास्क अनिवार्य लगाउन अभिप्रेरित गरेको बिकले बताउनु भयो ।

    यो अभियानमा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङ, पैयुँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठ, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भीक नारायण भुर्तेल लगायत विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । 

    IMG_1174.jpeg

    यो अभियान जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला भरि नै संचालन गर्दै आएको जनाएको छ।  

    मंगलवार, श्रावण १९ २०७८०८:०५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend