साउन २४, स्याङ्जा । स्याङजाको वालिङमा जुवाको खालबाट प्रहरिले नेकपा एमालेका नेता एवम् जिल्ला समन्वय समिति स्याङजाका उप–प्रमुख दिलिप बगालेसहित १० जनालाई पक्राउ गरेको छ ।
आइतबार वालिङ बजारको क्याम्पस रोडस्थित घरबाट बगाले सहित दश जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिएका छन ।
उनिहरुको साथबाट प्रहरिले ३५ हजार ९ सय ५० रुपैयाँ बरामद गरेको छ ।