Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ

प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ

  • PNN Times
  • मंगलवार, श्रावण २६ २०७८


  • प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ

    साउन २६, काठकाण्डौ ।  प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, 'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ।' उनले प्रश्न गरे, 'खै मैले त देखिनँ । छैन कहीँ ।'

    प्रधानमन्त्री पदमा रहेका बेला एमसीसी पास गर्नुपर्छ भनेर ओलीले अभिव्यक्ति दिएका थिए । उनले ती अभिव्यक्तिका भिडियो सार्वजनिक गरेर अहिले वातावरण बनाउन खोजिएको भन्दै प्रश्न गरे, 'तपाईंको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ?'प्रधानमन्त्री देउवालाई १ सय ६५ सांसदको समर्थन रहेको भन्दै त्यसले के गर्छ भनेर उनले देउवालाई प्रश्न गरेका हुन् । उनले यसबारे जनताले जान्न चाहेको बताए ।

    images

    देउवालाई समर्थन गर्ने सांसदहरूलाई 'जत्था' को संज्ञा दिँदै ओलीले भने, 'तपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?'ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने सांसदहरूलाई 'जत्था' भनेका हुन् । देउवाले विश्वासको मत लिने क्रममा १ सय ६५ सांसदले समर्थन गरेका थिए । ती सांसदलाई ओलीले रोष्ट्रमबाट 'जत्था' भनेका हुन् ।

     

    मंगलवार, श्रावण २६ २०७८०४:४९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend