Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समाजसेवी भुर्तेलद्वारा बुबाको पुण्य तिथिमा आर्थिक सहयोग प्रदान

समाजसेवी भुर्तेलद्वारा बुबाको पुण्य तिथिमा आर्थिक सहयोग प्रदान

  • PNN Times
  • बुधवार, श्रावण २७ २०७८


  • समाजसेवी भुर्तेलद्वारा बुबाको पुण्य तिथिमा आर्थिक सहयोग प्रदान

    साउन २७,   पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि सामाज सेवी रेनुका भुर्तेलले आफ्नो बाबाको पुण्य तिथीमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।  भुर्तेलले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पन्ध्र हजार (१५,०००) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    स्वर्गिय बाबा छविलाल भुर्तेलको ८ औँ पुण्य तिथीमा  सम्झना स्वरुप गाउँमा रहेको  जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थसुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको भुर्तेलले बताउनु भयो ।

    पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक कुलामाथि  पिप्ले घर हुनु भएका बाबा स्वर्गिय छविलाल भुर्तेल र आमा तुलसि भुर्तेलकी जेठि छोरी रेनुका भुर्तेल हाल अमेरीकामा हुनुहुन्छ ।

    images

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएपछि  “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा  घर निर्माणको काम सुरु गरी तिन घर सम्पन्न गरि सकेको छ ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ ॥मानव जीवन रक्षार्थ सहयोगगर्न चाहानुहुने सहयोगी दाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोगगरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ । 

    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation

    Bank Name : Garima Bikas Bank Waling Branch

    AC No : 00100100855183000001

    बुधवार, श्रावण २७ २०७८०१:४२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend