Logo

शनिवार, कार्तिक १ गते २०८३

images

२ वर्षमा १० प्रतिशत काम नहुदा लुंखु हुवास सडकमा नागरिकलाई हिड्न समेत सास्ती

२ वर्षमा १० प्रतिशत काम नहुदा लुंखु हुवास सडकमा नागरिकलाई हिड्न समेत सास्ती

  • PNN Times
  • शनिवार, श्रावण ३० २०७८


  • २ वर्षमा १० प्रतिशत काम नहुदा लुंखु हुवास सडकमा  नागरिकलाई  हिड्न समेत सास्ती

    साउन ३०, पर्वत । पैयुँ गाउँपालिका वडा नम्बर ७ भोर्ले घर भएका रविन गुरुङ प्रशासनिक तथा दैनिक कामकाजको लागि गाउँपालिका कार्यालय तथा  प्रशासन कार्यालय आउन जान लुङ्खु हुवास सडक खण्डको  बाटो हुँदै हिड्नु पर्छ । तर ठेकेदार कम्पनीले समयमै काम नगर्दा अहिले बाटोको कारण निकै समस्या भोग्नु परेको छ ।

    वर्षाको समयमा सडक हिलाम्मे हुँदा सवारी साधन चल्न मात्र होइन पैदल आवत जावत गर्न पनि कठिन हुने गरेको छ । ठेकेदार कम्पनीले काम सम्झौता भएको समयदेखि नै हालसम्म यो सडक खण्डको कालोपत्रेको काममा चरम लापरबाही तथा ढिलासुस्ती गरेको कारण नागरिकले समस्या भोग्नुपरेको छ ।

    रविनले जस्तै दक्षिण पर्वतका नागरिकले हिलाम्मे सडकमा यसरी सास्ती भोग्नु परेको २ वर्ष भै सक्यो । तर पनि अहिले सम्म कुनै सुधार हुन सकेको छैन । बाटोको कारण एम्बुलेन्स, विद्यार्थी, खाद्यन्न लगायतका सबैलाई आवत जावत गर्न निकै समस्या भएको छ ।  

    नेपाली कांग्रेका नेता एंव सांसद बहादुर सिंह लामाको हिन्दुङ एण्ड थोकर कन्ट्रक्सन प्रालिले २ वर्ष अघि जिम्मा लिएको यो सडकमा हाल सम्म १० प्रतिशत पनि काम हुन सकेको छैन ।

    images

    समयमै सडक नबन्दा अहिले दक्षिण पर्वतका नागरिक पैयुँ गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा पटक पटक धाउन र समस्या सुनाउन बाध्य भएका छन । ठेकेदार कम्पनी संग जनप्रतिनिधिहरुले  बाटो सुधार गर्न बारम्बार अनुरोध गरेपनि कुनै सुनुवाई नभएको पैयुँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठ बताउछन । 

    राजनैतिक पहुँच तथा दादागिरीको भरमा विकास निर्माणका काममा ठेक्का पार्ने तर समयमै काम गर्न नसक्ने  हिन्दुङ एण्ड थोकर जस्तै अन्य निर्माण कम्पनीहरुको लापरबाहीका  कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

    वर्षाको समयमा पहिरोले अवरुद्ध भएका सडक खुलाउन पनि आनाकानी गर्ने यस्ता निर्माण कम्पनीलाई सरकारले समयमै काम सकाउन यथाशिघ्र निर्देशन दिन जरुरी छ ।

    शनिवार, श्रावण ३० २०७८०९:१२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend