Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा अब घरमै बसेर तिर्न सकिन्छ विद्युत र खानेपानीको महशुल

वालिङमा अब घरमै बसेर तिर्न सकिन्छ विद्युत र खानेपानीको महशुल

  • निर्भीक नारायण भुर्तेल
  • सोमवार, श्रावण ३२ २०७८


  • वालिङमा अब घरमै बसेर तिर्न सकिन्छ विद्युत र खानेपानीको महशुल

    साउन ३२, वालिङ ।  स्याङ्जाको वालिङमा विद्युत र खानेपानीको महशुल तिर्न अब कार्यालय धाउन नपर्ने भएको छ । वालिङ नगरपालिकाले विद्युत र खानेपानीको महशुल घरबाटै तिर्न मिल्ने स्मार्ट वालिङ मोवाईल एप्स ल्याएपछि कार्यालय धाउन नपर्ने भएको हो ।

    नगरपालिकाले स्मार्ट वालिङ मोवाईल एप्स र खल्ती एप्सबाट बुटवल पावर कम्पनी र खानेपानीको महशुल मोबाईलबाटै तिर्न मिल्ने बनाएको वालिङ नगरपालिकाका सुचना प्रविधि शाखा प्रमुख प्रकाश अर्यालले जानकारी दिनु भयो । 

    images

    नागरिकले विद्युत र खानेपानीको महशुल  बुझाउन कार्यालय धाउन पर्दा समस्या भोग्नु परेको थियो सोही कुरालाई मध्यनजर गर्दै स्मार्ट वालिङ मोवाईल एप्स प्रयोग गरि घरबाट महशुल तिर्न मिल्ने बनाएको वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले बताउनु भयो । 

    उहाँले अब देखि नागरिक खानेपानी र विद्युतको महशुल तिर्न सम्बन्धित कार्यालय धाउन नपर्ने र एप्सबाट  महशुल तिर्न सक्ने बताउनु भयो । 

    22.png

    एप्सबाट सजिलै संग महशुल तिर्न मिल्ने छ । तर कहिले काही कुनै समस्या भएमा नगरपालिकामा सम्पर्क गर्न सुचना प्रविधि शाखा प्रमुख अर्यालले आग्रह गर्नु भएको छ ।

    11.png

    सोमवार, श्रावण ३२ २०७८१०:२३:१३

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend