Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अब वालिङमा नै बनाउन सकिन्छ राष्ट्रिय परिचयपत्र

अब वालिङमा नै बनाउन सकिन्छ राष्ट्रिय परिचयपत्र

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, भाद्र १ २०७८


  • अब वालिङमा नै  बनाउन सकिन्छ राष्ट्रिय परिचयपत्र

    भदौ १, स्याङ्जा ।  स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ । वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणको परिचय पत्र बनाई इलाका प्रशासन कार्यालयबाट औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको हो । 

    अहिलेसम्म राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट मात्र बनाइने गरिएको थियो । राष्ट्रिय परिचयपत्र संगै मतदाता परिचय पत्र समेत बनाउन सुरु गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख नबराज बरालले जानकारी दिनु भयो ।  

    images

    नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा अनुसार स्याङ्जाको वालिङबाट राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको बरालले बताउनु भयो । 

    राष्ट्रिय परिचय पत्र अन्तराट्रिय मापदण्डको डिजिटल कार्ड हो । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।

    एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन ।

    राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुने भएकाले सबै नागरिकलाई अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र बनाउन वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले आग्रह गर्नु भएको छ । 

    मंगलवार, भाद्र १ २०७८०३:२३:२२

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend