Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पर्वतमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

पर्वतमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

  • PNN Times
  • बिहिवार, भाद्र ३ २०७८


  • पर्वतमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    महेन्द्र जिसी । 

    भदौ ३, पर्वत ।पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज साँझ ५ः०० बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र  मर्मतका लागि ल्याइएको जिप पुरिएको प्रहरीले जनाएको छ । 

    images

    पहिरोले ग१ज ६६३२ नम्बरको जिप पुरिँदा उक्त जीपका चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ का टेकमान गर्बुजा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । 

    पहिरोमा दुई वटा सवारीसाधन पुरिएको पनि प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

    पहिरोमा पुरिएका अटो वर्कसपका मिस्त्री राजु ठाकुर र नन्की खान घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको छ ।

    235344683_4549901415041571_855997025088239677_n.jpg

    बिहिवार, भाद्र ३ २०७८०७:४३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend