Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निजामती कर्मचारी युनियन वालिङमा रेग्मी

निजामती कर्मचारी युनियन वालिङमा रेग्मी

  • PNN Times
  • शुक्रवार, भाद्र ४ २०७८


  • निजामती कर्मचारी युनियन वालिङमा रेग्मी

    तोलाकान्त बगाले
    वालिङ, ४ भदौ । निजामती कर्मचारी युनियन वालिङको शुक्रबार बसेको भेलाले नगरस्तरीय समिति गठन गरेको छ । वालिङ नगरपालिकाअन्तर्गतका कार्यालयहरुमा कार्यरत लोकतन्त्र प्रति आस्थावान कर्मचारीहरुको भेलाले नारायण प्रसाद रेग्मीको अध्यक्षतामा वालिङ नगरस्तरीय नेपाल निजामति कर्मचारी युनियन सर्वसहमतिबाट निर्वाचित गरेको हो ।

     उपाध्यक्षमा जीवनाथ पौडेल, सचिवमा माधव प्रसाद न्यौपाने, कोषाध्यक्षमा गीता पाठक, सहसचिवमा कमला खड्का छन् भने सदस्यहरुमा ईश्वरी प्रसाद तिवारी, धु्रव रेग्मी, बसन्त कुमार अधिकारी, प्रेमनारायण सुवेदी, देउबहादुर पाण्डे, पार्वती अर्याल छन् । भेलाको उद्घाटन गर्दै चापाकोट नगर प्रमुख शिवकुमार गिरीले सेवा ग्राहीहरुलाई सन्तुष्ट हुने गरी कार्य सम्पादनगर्दै आगामी  दिनमा अगाडि बढ्न सुझावदिए ।

    images

    उनले कर्मचारीहरुका सेवा सुविधा तथा हकहितका विषयमा सबै एकजुट भएर सुख दुखमा सहयोग र सिकाई आदान प्रदानगर्दै अगाडि बढ्न पनिउनले आग्रह गरे । कार्यक्रममा वालिङ नगर प्रमुख दिलीप प्रताप खाँणले सबै कर्मचारीलाई समेटेर विना भेदभाव र सबैको हकहितमा केन्द्रीत हुँदै गुणस्तरीय सेवा प्रवाह गर्नु पर्नेमा जोड दिए ।

    कार्यक्रममा निजामति कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्याल,वालिङ नगरपालिका सामाजिक विकास शाखा प्रमुख पदम प्रसाद पाण्डे, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डे, कानून शाखा प्रमुख नरबहादुर पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

    निजामति कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञान  प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माधव न्यौपानले गरेका। नवनिर्वाचित अध्यक्ष रेग्मीले निजामति कर्मचारीहरु एक भईसेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकाथिए। 

    1.jpg

    शुक्रवार, भाद्र ४ २०७८०८:१२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend