भदौ ९, पर्वत । पछिल्लो समय पर्वतको पैयुँमा चोरको विगविगि बढेको छ । बुधबार राति २ बजे पैयुँ गाउँपालिकाको कार्यालयमा चोर पसेको छ । चोर पसे पनि आर्थिक र भौत्तिकक्षति भने गर्न नपाएको गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत केशवलामिछानेले जानकारी दिनु भयो ।
राति करिब २ बजे तिर चोर आएको रहेछ तर सेक्युरिटि गार्डले देखे पछि अहिले भागेको लामिछानेले बताउनु भयो । उनले चोरकोबिगबिगि बढेको कारण सबैमा स्टेक रहन आग्रह समेत गर्नु भयो ।
त्यसै गरि गाउँपालिका नजिकै रहेको जनसेवी बहुउद्देशीय सहकारी संस्थामा भदौ ६ गते आईतबार राति तोडफोड गरि ४९ हजार ५ सयरुपैयाँ चोरी गरेको सहकारीले जनाएको छ ।
सहकारीका सबै ढोकाहरु फोरेर चोरले सेफ बक्स भित्र भएको रक़म चोरी गरेको सहकारीका अध्यक्ष डम्बर बहादुर प्रधानले बताउनु भयो।चोरले त्रिवेणी बहुउद्देशीय सहकारी संस्था लिमिटेड पैयुँ गाउँ पालिका २ मा
पनि चोरी गरेको छ । सहकारीको सटर खोली भदौ २ गते बुधबार ८ हजार रुपैया चोरेको सहकारीका व्यवस्थापक कृष्ण भुर्तेललेजानकारी गराउनु भयो।
यो संगै पछिल्लो ९ दिन भित्र चोरले २ ठाउँमा चोरी गरेको छ भने गाउँको सिंह दरबार पैयुँ गाउँ पालिकामा समेत चोर्ने प्रयास गरेको छ ।
इलाका प्रहरी कार्यलय वरीपरि नै चोरी डकैती बढे पछि सुरक्षा चुनौति थपिएको छ । चोरको विगविगि बढे पछि इलाका प्रहरिकार्यालयले रातको समयमा पनि गस्ति बढाएको प्रहरी निरिक्षक लाल बहादुर बिकले जानकारी दिनु भयो ।