भदौ १८, पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा दश जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३दुर्लुङमा ५ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएका एकै घरका ५ जनाको मृत्यु भएको जानकारी दिनु भएको पर्वतका प्रहरि प्रमुख प्रहरी नायव उपरीक्षक शिवराजबुढाथोकीले जानकारी दिए ।
यस्तै कुश्मा नगरपालिका ११ सिम्लिमा २ जना र पकुवामा २ जना र मोदी गाउँपालिका ५ अम्बोटमा एक जना गरी १० जनाको मृत्युभएको र एक जना अझै बेपत्ता रहेको बुढाथोकीले जानकारी दिनुभयो ।